–सुषमा महरा
काठमाडौं। यत्रनार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता । यो भनाइ मनुस्मृतिकोे हो। अर्थात् जहाँनारीको सम्मान हुन्छ त्यहाँ देवताहरु खुशी रहन्छन्, न अरि नारी ! अर्थात् जसले कसैप्रति वैरभाव, शत्रुता गर्दैन र जसको कोही शत्रु हुँदैन उसको नाम नारी हो ! सिर्जनाकी स्रोत नारी पृथ्वी हुन्, स्तुत्या छिन्, वन्दनिया र पूजनीय पनि। पूर्वीय दर्शनमा नारीलाई धरणी, धर्ती र माताको रुपमा स्वीकार गरिएको छ।
पूजा, वन्दना, आराधनामा सर्वप्रथम“त्वमेव माता”भनी सम्बोधन गरिन्छ। त्यस्तै औपचारिक सम्बोधनमा पहिले महिला तथा सजनबृन्द भन्ने गरिन्छ.। बच्चाको पहिलो खानामा आमा, भान्साको कुशल व्यवस्थापनमा नारी, पतिको सेवा सुश्रुषामा पहिलो प्राथमिकता, पुत्र, पुत्री स्नेहमा पहिलो वात्सल्यता, दिएर मात्रै आफू अघाउने मातृवत्सला देवी स्वरुपिणी नारीको जति स्तुति गरे पनि कम हुन्छ।
ब्राह्मी, वाराही, वगलामुखी, त्रिपुरादेवी, इन्द्राक्षी, वैष्णवी, कौमारी, माहेश्वरी आदिनामले चिनिने नारी भोगवती र रुपमतीमात्रै होइन, मायावतीपनि हुन्। जुन घरमा नारीको सम्मान हुन्न, जुन समूहमा नारीको आदर हुन्न, जुन मन्दिरमा देवीको प्रसाद हुन्न–कुनै दृष्टिले पनि त्यसले सार्थकता पाउँदैन। कुलधर्मकी रक्षिका कुलदेवी नारी कन्या हुन्। पूजा गरिइन्छिन्, वधु हुन्, कुलवधु हुन्छिन्, आमा हुन्छिन् र सम्मानित सासुसमेत।
घरकीलक्ष्मी, धनकीप्रतिक, वचत तथा वानी व्यहोराका भण्डार स्रोत रहेकी एक नारीले सयौँ सन्तान, शिष्यलाई अनुशासित र मर्यादित रुपमा राख्न सिकाउछिन्। १० पुरुष शिक्षित हुनु बराबर एक नारी शिक्षित हुनु हो। नारी शिक्षित भएमा घर, परिवार तथा समाज नै शिक्षित हुने गर्दछ।
यसअर्थमा पनि नारीको महत्व निक्कै रहेको छ। नारी साक्षात घरकी लक्ष्मी हुन। लक्ष्मीरुपी नारीको कारण घर बनेको हुन्छ। घरको महत्व नारीले नै बनाएको हुन्छ। यसकारण लक्ष्मीरुपी नारीको हामी सवैले सम्मान गर्न र गराउन आवश्यक छ। महानपर्व शुभदीपावलीको उपलक्ष्यमा सवैलाई हार्दिक मंगलमय शुभकामना।
(लेखिका नेपालको नंबर वान व्युटी सैलुन फेसियल हाउसकी प्रवन्ध निर्देशक हुनुहुन्छ।)
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल कात्तिक ५ गते शनिवार ।