काठमाडौं। दाँतले युवतीसहितको टेबुल नै उठाएर स्पेनका एक युवकले विश्व कीर्तिमान राखेका छन्।

स्पेनको म्याड्रिडमा जर्जेन क्रिस्टन नामका एक युवकले एकजना युवतीलाई टेबुलमा बस्न लगाएर उक्त टेबुललाई आफ्नो दाँतले टोकेर उठाउँदै विश्व कीर्तिमान कायम गरेका हुन्।

उनले सन् २००८ मा राखेको उक्त कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन। जर्जेन क्रिस्टनले १२ किलो तौलको टेबुलमा एकजना ५० किलो तौलकी युवतीलाई बसालेर कूल ६२ किलो तौल आफ्नो दाँतले उठाइदिएर विश्व कीर्तिमान राखेका हुन्।
प्रकाशन मिति–२०७७ साल असोज २४ गते शनिवार ।