काठमाडौं। कोरोना महामारीका कारण विगत दश महिनादेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरु आज आइतवारवाट खुलेको छ। स्थानीय निकायले सार्वजनिक तथा निजी विद्यालय खोल्न अनुमति दिएपछि काठमाडौं उपत्यकाका सवैजसो विद्यालयहरु खोलेको हो।

केही विद्यालयले कोरोनाको महामारीको कारण असारवाट अनलाइन कक्षा शुरु गरेका थिएभने, केही विद्यालयले असोजबाटै भौतिक रुपमै पठनपाठन शुरु गरेका थिए। संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षा मापदण्ड अपनाएरै पठनपाठन गर्ने कार्य भएको विद्यालयहरुले जनाएका छन्। केही विद्यालयले २ सिफ्टमा वा आलोपालो पढाउने कार्य गरेका छन्।

काठमाडौं उपत्यका बाहिरका भने प्रायः सबै विद्यालय यसअघिनै नै सञ्चालनमा आइसकेका छन् । उपत्यकाका स्थानीय तहले शिक्षक र विद्यार्थीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएका छन्।


प्रकाशन मिति–२०७७ साल माघ ४ गते आइतवार ।