कथा–
–निशान बुढाथोकी
(कथाकार)
साँच्चै भाग्य पनि कति अचम्मको हुँदो रहेछ । कसैलाई सुख नै सुख अनि…….अनि कसैलाई दुःख र पिडा मात्र । आखिर किन त यस्तो ? दैवको लेखा पनि अनौठो हुँदो रहेछ । मेरो दिमागमा आज पनि ताजै छन् ति दिनहरु, हो ति दिनहरु जुन दिनहरुमा म मेरो आफ्नो मायालुसंग रमाइरहेकी हुन्थें। उनको एक कल फोन आयो भने पनि मेरा दिनहरु स्वर्णिम हुने गर्थे । साँच्चै उनी मेरी कस्ती थिइन् कस्ती बयान पनि कसरी गरुँ म ।
स्कुल सकियो, कलेज सकियो अब त आफ्नो खुट्टामा उभिन पर्यो भनेर सोच्दा सोच्दै म काम गर्न थालें । काम गर्दै गएं……….धेरै स्टाफहरुको बिचमा किन किन उनी मात्र राम्रो लाग्यो मलाई मानौं उनी जन्मौ जन्म देखिको मेरी थिइन् मात्र मेरी…………..साधारण बेली चाली त सधै हुन्थ्यो तर पनि उनी संगै बस्न, हिंड्न अनि सधै भरी उनी संगै जिवन बिताउन मन लाग्थ्यों । धेरै मान्छेहरुको भीडबाट पनि म त यस्सो उनीलाई मात्रै हेर्दै बस्थें ।शायद उनी पनि मलाई हेर्थिन जस्तो लाग्थ्यो ।साँच्चै मेरी नैनाको बर्णन गर्न म सक्दिनथें । न त काली न त गोरी……………न त कालो लामो कपाल नै । थिइन् त उनी सिम्पल अनि शुसिल । आजको जमानामा पनि उनको व्यवहार यत्ति सौम्य थियो कि…………………..
हो, न हाम्रो साइनो नै थियो न त कुनै सम्बन्ध नै ।तर पनि उनी मेरी मात्र थिएन् । उनलाई मन नपराउने शायदै कमै थिए होलान् ।जसले पनि उनलाई प्रस्ताव राखिहाल्थें। तर उनी स्वीकार्नी थिइनन् । त्यो कुराले मलाई खान्थ्यो। भित्र भित्रै म खोक्रो भइसकेको थिए कि कतै उनी अर्कैको हुने पो होइन? फोन, सामान्य भेटघाट त हुन्थ्यो नै हाम्रो । तर पनि त्यो अपुग थियो मेरो लागि । दिन बिते, महिना बिते अनि एक दिन आँटै गरेर उनीलाई मैले मेरो प्रेम प्रस्ताव राखें । हो त्यै दिन जुन दिन सिम सिम पानी, साँझको समय उनी र म त्यो…………..त्यो बेइमानी मौसम हामीलाई जिस्क्याइ रहेको थियो ।
मैले एकै सासमा नैना म तिमीलाई माया गर्छु भन्न मात्र लागेको थिए,ं उनी आँखाभरि टिलपिल टिलपिल आँशु जमाउँदै एकै पटक मेरो अँगालोमा आइन् र भन्न थालिन् किन यत्ति धेरै तडपायौं मलाई………….तिम्रो यादमा म कहिले राम्ररी निदाएकी नै छु न त राम्ररी खाएकी…..। आखिर किन मलाई यस्तरी…………..भन्दै उनी मेरो अँगालोमा रुन थालिन् । म पनि भावविह्वल भए अनि हामी बेस्सरी रोयौं । त्यसपछि हामी आ–आफ्नो घर फर्कियौं ।
दिनहरु सजिला हुन थालें। असाध्यै सुनौला थिए मेरा प्रत्येक पलहरु । अब मैले संसार जिते जस्तो लाग्यो। संसारको सारा खुशी मेरो पोल्टामा राखिदिए भगवानले । Thank you भगवान । उनीलाई अपनाउन जो कोही पनि पछि पर्ने थिएनन् तर ……………..तर पनि खुशी मेरै भागमा पर्यो । म संसारको भाग्यमानी मान्छे । मेरो खुशीको कुनै सिमा नै थिएन ।
ओहो ! मेरा दिनहरु यति रमाइला हुन्छन् भन्ने मैले सोचेको पनि थिइन । उनको एक कल फोन आए पनि मेरो खुशीको सिमा नाग्थें । त्यसपछि हाम्रो काम गर्ने अफिस पनि फरक भयो। त्यै पनि हाम्रो भेट्ने क्रम भने रोकिएन । हामी महिनामा एक पटक भने अवस्य नै भेटेथ्यौं । उनी कामको सिलसिलामा काठमाडौं बाहिर गइरहन्थिन् म पनि आककल झुक्कल जाने गर्थे । हामीमा झन माया झाँगिदै गयो । त्यसै बिचमा हामीले अनौपचारिक विहे पनि गर्यौं ।
अब त म झन् पक्का भए मेरी नैना मात्र मेरी भइन् भनेर । म परिवारको कान्छो छोरो सबको वाहवाह हुन्थ्यो। मैले भने पछि सबै जना मान्नु हुन्थ्यो । त्यसैले मैैले नैनालाई परिवारसंग चिनजान गराए सबैले मन पनि पराए । म अझ खुशी भएँ । यसरी नै बित्दै थिए हाम्रा दिनहरु । समय संगै हामी अलि व्यस्त हुन थाल्यौं । तर पनि माया प्रगाढ नै थियो। तर पनि मलाई कता कता डर लाग्थ्यो कि कतै नैना अरुको हुने त होइन ?
हैन हैन मैले यस्तो सोच ल्याउनु हुँदैन मेरो मनमा। अब मलाई बानी परिसकेको छ, उनी बिना अब एक पल पनि बिताउन सक्दिन। म भगवानसंग यही प्रार्थना गर्थे कि –भगवान यो खुशी मेरो नखोसी दिनुस् । उनको अगाडि म केही थिइन् । हुन त राम्रो चिज सबैलाई राम्रो नै लाग्छ तरपनि, उनको के कुरा गरुँ म। उनी नसा नसामा समाहित भैसकेकी थिइन् । उनीसंग दुई दिन फोनमा कुरा नहुँदा म पागल जस्तो हुन्थें। लगभग एक हप्ता जति फोनमा हाम्रो कुराकानी भएन ।
एक हप्ता पछि उनले मलाई Message गरिन् कि–सुरेश मेरो विहे हुन लाग्यो । मैले किन बिहान बिहानै जिस्केको तिमीलाई ठिक त छ ? यति भन्न नपाउँदै उनले यो वास्तविकता हो ! कुनै ठट्टा होइन भन्न लागिन् । म छागाँबाट खसे जस्तो भएँ । मेरो आँखाबाट आँशुको वर्षा भयो । मैले यो संसार नै अन्धकार देख्न थाले ं।
छिनभरमै मेरो भोक प्यास सबै हरायो । अब मेरो होस् रहेन । मलाई आफैसंग रिस उठ्न थाल्यो । आखिर मैले गल्ति पो के गरेको थिए र ? एक पटक त भन मलाई, मैले पटक पटक यही कुरा दोहोर्याई रहे तर मेरो शब्द व्यर्थ भयो । तर उनले छोडेर गईन् । एकपटक त भेट मलाई, किन यत्ति निष्ठुरी भयौं भन त? संगै बाँच्ने अनि संगै जिवन बिताउँने भनेर तिमीले नै भनेकी होइनौ र ? आखिर यत्रो
धोका दियौं किन………………किन?
अब भगवान संग एउटै विन्ति गर्छु कि तिमी कहिले पनि मेरो यादमा नआउ , आउँदै नआउ । भन्न त प्रेम प्राप्ति मात्र होइन, त्याग पनि हो भन्छन् तर अपार माया दिदा दिदै पनि किन विश्वासघात मलाई ? तिमीलाई सम्झे भने मेरो दिल दुख्छ, त्यसैले तिमीलाई याद गर्न पनि चाहदिन म ।
प्रकाशन मिति–२०७८ साल बैशाख १६ गते विहीवार ।