–श्याम स्मृत
ललितपुर । नेकपा एमाले ललितपुरवाट सर्वसम्मत ललितपुर महानगरपालिकाका लागि मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार २०७४ सालको स्थानीय सरकारको निर्वाचनमा अत्यन्त झिनो मतान्तरले पराजित भएका सर्वप्रिय नेता हुन्।

केवल ३ सयको मतान्तरले नेपाली कांग्रेसका चिरिवावु महर्जनसंग पराजित भएतापनि वितेको पाँच बर्षमा ललितपुर महानगरपालिकाको छायाँ मेयरका रुपमा व्यञ्जनकारले महत्वपूर्ण भूमिका निर्वाह गर्न चुकेका छैनन्।

ललितपुर महानगरवासीको हक, हित र अधिकारका लागि छायाँ मेयरको रुपमा बहालवाला मेयरका गलत काम–कारवाहीको निगरानी गरेर खवरदारी गर्दैआएका व्यञ्जनकार ३० बैशाख २०७९ को स्थानीय निर्वाचनमा बहुमतवाट निर्वाचित भएर ललितपुर महानगरपालिकाको मेयरको बागडोर सम्हाल्ने ठूलो आत्मविश्वासमा छन्।

महानगरवासीलाई अनेकन नचाहिने सपना देखाउने पक्षमा आफू नभएको र ललितपुर महानगरलाई ललितपुर महानगर बास्तविक वनाउने सोचमा नै सर्वसम्मत मेयरको उम्मेदवार वनेको खुलासा गर्ने हरिकृष्ण व्यञ्जनकारले ललितपुर मात्र नभइकन देशकै असल राजनीतिज्ञका रुपमा छवि कायम गर्दैआएका छन्।

राजनीतिक इतिहासको त्यो कालखण्डमा २०४६ सालको जनआन्दोलनदेखिका हरेक आन्दोलनमा सक्रिय सहभागिता र नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएका अथक योद्धा हरिकृष्ण व्यञ्जनकार २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरको मेयरमा जित्दा जित्दै मतगणनाबाट हराइएको अहिले पनि ठोकुवा गर्न चुक्दैनन्।

हरिकृष्ण व्यञ्जनकारको दावी नै छ–‘त्यतिखेर मैले चुनाव जितिसकेको थिए । मतगणनामा अनेक दाउपेचवाट केवल ३ सय मतले पछि पारेर पराजित गरेको त्यो आलो पिडा मसंग छ। तरपनि, मलाई त्यो बेला विश्वास गरेर त्यति धेरै मतदान गर्ने ललितपुर महानगरवासीले यसपल्ट अवश्य विजयी बनाउने मेरो विश्वास छ।”

हरिकृष्ण व्यञ्जनकारकै भनाइमा मतगणनामा भएको चलखेलले जित्दा जित्दै आफूलाई हराएर २०७४ को निर्वाचनमा मेयर बनेका नेपाली काँग्रेसका चिरिबाबु महर्जनले जनताको इच्छा र चाहना अनुसार काम गर्न नसकेको ठोकुवा हरिकृष्ण व्यञ्जनकारको रहेको छ। आफ्ना सीमित व्यक्ति र संस्थाको लागिमात्र काम गरेको कारण जिकिर पनि उनको रहेको छ। नेपाली काँग्रेसले नेतृत्व लिएपछि महानगर अस्तब्यस्त हँुदै गएको पनि व्यञ्जनकारको ठोकुवा छ।

१ लाख २२ हजार मतदाता रहेको विश्वको १३५ औ कला नगरी ललितपुर महानगरपालिकामा नेमपा (एमाले) बाट सर्वसम्मत मेयरको उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले आसन्न निर्वाचनमा बाजी मार्ने आंकन भैरहेको छ। गएको निर्वाचनमा मतगणनामा नेपाली काँग्रेसले धाँधली गरेका कारण ३२६ मतले हार बेहोर्नुपरेका ब्यञ्जनकारले यो निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको पनि आत्मविश्वासका साथ भन्न चुक्दैनन् ।

२०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसले मत गणना गर्दा धाँधली गरेको भन्दै जिल्ला अदालतमा मुद्दा पर्दा अदालतले जिल्ला निर्वाचन कार्यालय ललितपुरसँंग मत गणनाको फाइल झिकाएको थियो । त्यसबेला अदातलले ढिलो रिट दायर गरेको, प्रमाण पनि नपुगेको भन्दै नेपाली काँग्रेसका उम्मेदवार चिरिवावु महर्जनलाई जिताएको थियो ।
त्यसबेला टेक्निकल इररका कारण हार बेहोर्नुपर्यो, यो निर्वाचनमा करिब छहजार मत अन्तरले विजय हासिल गर्नेछौं– मेयरका उम्मेदवार ब्यञ्जनकारको भनाइ छ ।

महानगरका अधिकांश वडामा हाम्रो अवस्था बलियो छ । चोइटिएर गएको नेकपा एसको कुनै प्रभाव छैन । एसपार्टीका केही वडा अध्यक्षहरू एमालेले उठाइदिए यतै फर्किने सुरमा छन् । त्यसैले अहिलेको मूल्याङ्कन गर्दा ललितपुर महानगरवासी हाम्रो पक्षमा उत्रिएका छन् । जनतालाई हामीले व्यालेटमा मत चाहन्छौं भनेका छांै । पार्टीले जित्ने, टिक्ने र काम गर्नेलाई उम्मेदवार छनौट गरेको छ । त्यो आधार ललितपुर महानगरपालिकामा मेरो सर्वसम्मत निर्णय हुनु हो भनेर हरिकृष्ण व्यञ्जनकारले भनेका छन्।

नेकपा एमालेले ६ महानगरमध्ये सर्बसम्मत रूपमा हरिकृष्ण व्यञ्जनकारलाई पहिलो मेयरको उम्मेदवार घोषणा गरेको कारण पनि व्यञ्जनकार लोकप्रियताको अब्बल दर्जामा रहेको प्रमाणित भएको छ। २०१२ साल भदौ १३ गते ललितपुरको च्यासलमा जन्मिएका ब्यञ्जनकारले सानैदेखि वामपन्थी विचारधारा बोकेर नेपाली राजनीतिमा लागरे हाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।

भूमिगत कालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट २०३८ सालमा व्यवस्थापन संकायबाट स्नातकोत्तर (एमए) तहको अध्ययन पूरा गरेका ब्यञ्जनकारले कुशल राजनीतिज्ञको परिचय बनाउन सफलता प्राप्त गरेका छन्।

हरिकृष्ण व्यञ्जनकारको राजनीतिक जीवन २०३५ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट शुरु भएको हो । २०३६ सालमा तत्कालीन नेकपा मालेसँग आबद्धता भएको थियो। नेपाल बैकमा कार्यरत रहँदा पार्टीसँग सम्पर्क, नियमित प्रशिक्षणमा सहभागी भएको इतिहास छ । वामपन्थी राजनीतिमा झण्डै साढे चार दशक पूरा गरिसकेका ब्यञ्जनकारले २०४६ सालको जन आन्दोलनमा ललितपुरबाट सक्रिय सहभागिता जनाएका थिए।

त्यसबेला उहाँले ललितपुर जिल्लामा आन्दोलनको कमाण्डर नै भएर मोर्चा सम्हालेर कार्य गरेका थिए । २०४६ को जनआन्दोलनमा ललितपुरमा अबाञ्छित तत्वको घुसपैठ हुन थालेपछि व्यञ्जनकारले नेतृत्व काँधमा लिएका थिए। त्यसपछि बनेको नगर सुरक्षा समितिको अध्यक्षको जिम्मेवारी पनि ब्यन्जनकारले पाएका थिए । २०४६ सालमा अखिल नेपाल किसान संघ ललितपुरको अध्यक्ष, २०४८ सालको संसदीय र २०४९ सालको स्थानीय निर्वाचनमा नेतृत्वदायी भूमिकामा काम गरेको उनको अनुभव छ ।
पार्टीमा निरन्तर सक्रिय रहेपछि हरिकृष्ण व्यञ्जनकारले ललितपुर जिल्ला पार्टीको महत्वपूर्ण जिम्मेवारी पाउन थालेका हुन् । २०४९ सालदेखि पार्टी नगर कमिटीको सचिव र जिल्ला कमिटीको सदस्यको जिम्मेवारी पाएका व्यञ्जनकारसँग टनकपुर सन्धिको विरोधमा नेतृत्वदायी भूमिका खेलेको अनुभव छ । २०५० सालमा दासढुङ्गामा जननेता मदन भण्डारी र जिवराज आश्रितको षडयन्त्रपूर्ण हत्याभएपछिको आन्दोलनमा ललितपुर जिल्लाबाट ब्यन्जनकारले नेतृत्व गरेका थिए।

व्यञ्जनकारले २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको संसदीय निर्वाचनमा पार्टीलाई जिताउन मुख्य भूमिका निर्वाह गरेका थिए। ती निर्वाचनमा ललितपुर जिल्ला लाल किल्ला बनेको थियो । ललितपुरका तीनै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारको सानदार विजय हासिल भएको थियो ।

त्यसबेला निर्वाचनमा ब्यञ्जनकारले निर्वाह गरेको भूमिकाबाट उनको राजनीतिक यात्रामा सफलता प्राप्त हुँदै गयो । २०५४ सालको स्थानीय निर्वाचनमा जिल्लाको कमाण्डरको भूमिकामा रहेका ब्यन्जनकारसँग २२ वडा रहेको ललितपुर उपमहानगरमा उपमेयरसहित १५ वडा अध्यक्षलाई विजयी गराउन सफल भएको अनुभव छ ।
२०६२÷०६३ सालको जनआन्दोलनमा जिल्ला सचिव रहेका व्यञ्जनकारले सो आन्दोलनमा ललितपुरबाट सक्रिय सहभागिता जनाएका थिए । त्यस आन्दोलनमा होमिएर उनले ४८ दिन जेलनेलको जीवन बिताएका थिए । हरिकृष्ण व्यञ्जनकार २०६४ सालको निर्वाचनमा जिल्लाबाट निर्वाचन उप–कमाण्डर र २०७० सालमा कमाण्डरको भूमिकामा थिए।

व्यञ्जनकार २०६५ सालमा आठौं महाअधिवेशन प्रतिनिधि र २०७० सालको जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष निर्वाचित भएका थिए । जिल्लामा हुने पार्टीको राजनीतिक आरोह र अवरोहबाट पाको भैसकेका व्यञ्जनकारले २०७४ सालको संसदीय निर्वाचनमा जिल्लामा संघ र प्रदेशका नौवटै सिटमा पार्टीलाई सानदार विजय हासिल गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपछि संयुक्त कार्यदलबाट जिल्ला अध्यक्षमा सिफारिस भई २०७५ देखि २०७७ सम्म व्यञ्जनकारले ललितपुर जिल्ला पार्टी अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए। २०७७ साल फागुनमा नेकपा एमाले पुनःस्थापनपछि सो पार्टीको ललितपुर जिल्ला अध्यक्ष, २०७८ सालको दशौं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठकबाट केन्द्रीय सदस्यमा मनोनित भएका व्यञ्जनकार हाल ललितपुर जिल्लाको सह– इन्चार्ज रहेका छन्।

यति धेरै लामो राजनीतिक इतिहास वोकेका व्यञ्जनकार सामान्य किसानको छोरा भएतापनि पिताको उत्प्रेरणाले विराटनगर पुगेर उच्चशिक्षा हासिल गरेर २०३६–०३७ तिर ललितपुर फर्केपछि आफ्नै घरछेउ ललितपुरको च्यासलमा रहेको श्रमिक शान्ति माध्यमिक विद्यालयको हेडसरमा नियुक्त बनेर अध्यापन थालेका थिए । २०४३ देखि २०६८ सम्म सोही विद्यालयको व्यवस्थापन समितिको सदस्य हँुदै अध्यक्षको जिम्मेवारीमा रहेर शिक्षा क्षेत्रमा प्रचुर योगदान दिएको ललितपुर महानगरवासीले विर्सेका छैनन्।

२०६४ सालमा सो विद्यालयले क्याम्पसको समेत स्वीकृत पायो । व्यञ्जनकार उक्त क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष भएपछि क्याम्पसमा २४ कोठा सहित क्यान्टिन र १४ कोठाको होस्टलको निर्माण भएको हो। संस्थागत जीवनमा व्यञ्जनकार २०३२ सालमा श्रमिक शान्ति पुस्तकालयको अध्यक्ष, २०३९ सालमा च्यासल टोल सुधार समितिको सचिव, २०४१ सालमा उपाध्यक्ष हुँदै २०४३ देखि २०५० सालसम्म र २०५३ देखि २०५५ टोल सुधार समितिको अध्यक्ष बनेका थिए । व्यञ्जनकारसँग २०४७ सालमा गलैंचा उद्यमी संघ ललितपुरको अध्यक्ष भएको लामो अनुभव पनि छ।

यसअर्थमा पनि व्यञ्जनकार लामो इतिहास वोकेका ललितपुर महानगरवासीको पीडामा मल्हम लगाउन जन्मेका वर्तमान सवैका प्रिय हरिकृष्ण व्यञ्जनकार हुन भन्दा कसैको दुई मत नहोला ! व्यञ्जनकारको चुनावी योजना र नारा नै ललितपुर महानगरलाई बनाऔं हराभरा, शान्त र सुन्दर कला, संस्कृति र सम्पदाको अनुपम विकसित शहर भन्ने रहेको छ। सुखी ललितपुर महानगरवासी र समृद्ध ललितपुर महानगरको परिकल्पनालाई साकार पार्ने कार्यमा सदा आफू क्रियाशील भएर लाग्ने प्रतिबद्धता तथा कसम नै व्यञ्जनकारले खाएका छन्।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल बैशाख ९ गते शुक्रवार ।