–एञ्जिला विष्ट
धन्य छ मानव तिमीलाई
कति निष्ठुरी छ तिम्रो आत्मा
आफु जुनी–जुनी बाँचेर
संसारको ठूलो मान्छे बन चाहान्छौ ,
अरूलाई मृत्युको साथ लगाई दिन्छौ
धन्य छ ! मानव तिम्रो अहंकारी सोच।
धनी–गरीब बिचको पर्खाल खडा गरी दिन्छौ
जात–भातको भेदभाव गरी दिन्छौ,
मर्ने र मार्ने खेल सिर्जना गर्छौ
नाटकिय अभिनय गरेर बाँच्छौ
धन्य छ– मानव तिम्रो जीवन।
नरभक्षी बाघ जस्तो हुन्छौ
जुका जस्तो ढाडिन्छौ
भाई बन्धुत्वको भाव तोडि दिन्छौ
धन्य छ–मानव कति निष्ठूरी बन्छौ ।
सपनामा रमाउन सिकेका छौ
भावनामा डुब्न जानेका छौ
कल्पनामा हराउन थालेका छौ ??
धन्य मानव तिमीले
यथार्थ चिन सकेनौ ।
ठूलो कानुन बनायौ
मठमन्दिर छुदा बिटुलो हुन्छ भन्यौ
ठूलो जातको घमण्डले
सानो जातमा आँँधी हुरी पैदा गरी दियौ
धन्य मानव कस्तो झुटो जाल बुन्यौ ।
आशा होइन मानव तिमीले
अन्ध विस्वासको खाडल खन्यौ
खुशीमा रमाउनेहरुको चाहाना
खोसेर तानडब नृत्य गर्न थाल्यौ ।
भाग्य लुटि अजिङ्गरको आहारा बनाइ दियौ
धन्य छ–मानव तिमीलाई । ??