काठमाडौं। कोरोना कहरमा रगत तथा रक्ततत्वको आवश्यकता र यसको हाहाकारलाई मध्यनजर गर्दै प्रत्येक हप्ता शनिवार जागरुक युवा समाजको आयोजनामा विशेष रक्तदान कार्यक्रम हुंदैआएको छ।
समाजका जुझारु युवा राजीव श्रेष्ठको कार्यक्रम संयोजनमा काठमाडौं महानगरपालिका वडा नंबर २४ र जागरुक युवा समाजको आयोजनामा इटुम्बहालचोकमा चौथो हप्ताको क्याम्प नंबर ४ विशेष रक्तदान कार्यक्रम भएको हो।
केन्द्रिय रक्त सञ्चार केन्द्रकी प्रमुख निर्देशक डा.मनिता राजकर्णिकारको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा २१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए। कार्यक्रममा ब्लोदानका प्रेसिडेन्ट सानुबाबु प्रजापतिको विशेष आतिथ्यता थियो।
त्यसैगरेर, रविन्द्र श्रेष्ठ, सुमन सायमी, विद्या श्रेष्ठ, श्रीजन श्रेष्ठ, मनोज कर्माचार्य, सरोज श्रेष्ठ, राजाराम तण्डुकार लगायतका सामाजिक अभियन्ताहरुको पनि विशेष आतिथ्यता रहेको थियो। ब्लड डोनर्स एशोसियसन नेपालका केन्द्रीय कोषाध्यक्ष मचाकाजी महर्जन, केन्द्रीय सदस्य पुरुषोतम खत्री, केन्द्रीय सदस्य विनोद तुलाधर तथा काठमाडौं मध्य क्षेत्रका उपाध्यक्ष आरबी ठकुरी, सचिव मचा महर्जन, कोषाध्यक्ष दिनेश महर्जन, सदस्यहरु सुमित्रा सेन, उर्मिला मघैया लगायतकाको पनि आतिथ्यता रहेको थियो।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नंबर २४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ, वडा सदस्य विनोद तुलाधर, वडा महिला सदस्य लक्ष्मी महर्जन, वडा सदस्य सुमन स्थापितको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा आयोजक जागरुक युवा समाजवाट ब्लड डोनर्स एशोसियसन नेपालका महिला रक्त स्वयंसेवकहरुलाई काठमाडौं महानगरपालिका वडा नंबर २४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको रोहवरमा १–१ थान PPE प्रदान गरिएको जानकारी कार्यक्रम संयोजक राजीव श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्।
आगामी शनिवार काठमाडौं महानगरपालिका वडा नंबर २४ स्थित बसन्तपुर स्थित महादेव पार्वती डबलीमा विशेष रक्तदान क्याम्प नंबर ५ कार्यक्रम हुने पनि कार्यक्रम संयोजक श्रेष्ठले भनेका छन्।
प्रकाशन मिति–२०७७ साल असोज २४ गते शनिवार ।