टोकियो (जापान)। नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जेल जीवनका बारेमा तयार पारिएको “इतिहासको जेल” नामक वृतचित्र जापानमा प्रर्दशन भएको छ।

३७ औ बिपी स्मृति दिवसको अवसर पारेर बिपी चिन्तन र गणेशमान फाउन्डेशन जापान तथा बिपी संग्रहालय काठमाडौको संयुक्त आयोजनामा आइतवार टोकियोमा सो वृतचित्रको प्रर्दशनि गरिएको हो।

बिपी संग्रहालयका अध्यक्ष पर्शुराम पोखरेलको प्रमुख आतिथ्यमा सो वृतचित्र टोकियोमा प्रर्दशन गरिएको हो। प्रदर्शनीमा जननेता कोइरालाको राजननीति इतिहास र जेल जिबनका बारेमा चित्रण गरिएको थियो।

कान्तिपुर टेलिभिजनले निर्माण गरेको वृतचित्रमा बिपी र अर्का नेता गणेशमान सिंहले तत्कालिन राणा शासनमा सुन्दरीजलमा रहेको एकान्त कारागाररमा बिताएका जेल जीबन र त्यहाको अवस्थाबारे चित्रण गरिएको छ।

कार्यक्रममा बि।पी चिन्तन तथा गणेशमान फाउन्डेशन जापानका अध्यक्ष डा.बलराम श्रेष्ठले बिपी र गणेशमानको उपयोग दर्शन र चिन्तन विश्वमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताए।

बिपी तथा गणेशमान चिन्तन जापानकी सचिव जापानी नागरीक ईमुरा हिरोकोले प्रख्यात प्रजातान्त्रिक नेता बिपीको जेल जीबनबारे वृतचित्र जापानमा हेर्न पाउदा खुशी लागेको बताएकी छन्।

कार्यक्रममा एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग लगायत उच्च गन्यमान्य व्यक्ति–विशेषहरुको उपस्थिति रहेको थियो।


प्रकाशन मिति–२०७५ साल साउन १३ गते आइतवार ।