–प्रज्ज्वल घिमिरे
जन्मन्छ मृत्यु च्याँ च्याँ गर्दै
रुने नाबालकको बिम्व बनेर
अग्निमा होम्मिएर
तातो आकासवाट
बर्षाको चाहना राख्दै
चिसो मरुभूमि तताएर
पृथ्वीकै गर्भवाट
काललाई अकालको
जिम्मा लगाउने मान्छेहरु
कहालिएर मानवता विहिन हुँदै
बरालिएको यो क्षण
आफैभित्र पराइको माटो माझ
आधुनिकता पहिरिएर
पातालमा झन झन गहिरिएर
आकासतिर हेर्दै
पृथ्वीलाई फेर्दै
ग्रहहरुमा चाहारेर
विनासको प्रतिक
बनाई आफूलाई
उज्यालो छिचोल्न चाहानेहरु
नचाहेर पनि आफ्नै विरुद्ध
आफै लड्दै
सास फेर्न नसकेर
हिजोलाई मन पराउन
भोलिलाई हिजो गराउन
बाँचिरहेका छन्
आँशुमा डुबेर हासिरहेका छन्
मान्छे नै मान्छेहरुको जंगलमा
प्रेमको इतिहास खोज्दै
घृणा त्याग्न जीवन रोज्दै ।
(बागडोल, ललितपुर, नेपाल ।)
प्रकाशन मिति–२०७९ साल माघ २६ गते विहीवार ।