काठमाडौ। कवि तथा गीतकार रमोलादेवी शाह छिन्नलताको नामवाट स्थापित नेपालको नामी छिन्नलता गीत पुरस्कार शुक्रबार वितरण गरियो। वि.सं.२०७१ सालको छिन्नलता गीत पुरस्कारवाट गीतकार श्रवण मुकारुङ्ग, गायक किरण प्रधान र संगीतकार आलोकश्री पुरस्कृत बनेका छन्।
पुरस्कारको राशी जनही नगद ५० हजार रहेको छ। त्यसैगरेर सोही बर्ष अर्थात वि.सं.२०७१ सालकै नवप्रतिभा पुरस्कार गायक पशुपति शर्मा र सीता केसीलाई दिइएको छ। पुरस्कारको राशी ३५ हजारको रहेको छ।वि.सं. २०७२ को छिन्नलता गीत पुरस्कार रचनामा प्रमोद ढुंंगाना, संगीतमा नारायण ओली, गायनमा सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।
वि.सं. २०७२ को नवप्रतिभा पुरस्कार कालीप्रसाद बास्कोटा र सोमिया बराइलीलाई संयुक्तरुपमा प्रदान गरिएको छ। वि.सं. २०३९ सालमा स्थापित छिन्नलता गीत पुरस्कारबाट हालसम्म एक सय ५८ जना गीत–संगीतका साधकहरु पुरस्कृत भइसकेका छन्।
प्रकाशन मिति–२०७३ साल असार ३१ गते शुक्रबार ।