काठमाडौ। शेरवहादुर देउवा नेतृत्वको सरकारले चुनावको बेला चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकी निकिता पौडेलको पद वर्तमान सरकारले खारेज गरेको छ।
गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १४ देखि फागुन २ सम्म देउवाको सरकारबाट भएका सबै राजनीतिक नियुक्तिहरू बदर गर्ने निर्णय गरेअनुरूप निकिताको पद खारेज भएको हो। आइतबार उनलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नियुक्ति बदरको पत्र पठाएको हो।
नियुक्ति बदरको पत्र पाउनेमा बोर्ड अध्यक्ष निकितासँगै सदस्य विजय देउजा, सेन्सर बोर्डका सदस्य उमेश खड्का र देवीराम पराजुली भोकलाग्यो पनि परेका छन्। चलचित्र विकास बोर्डको पहिलो महिला अध्यक्ष निकिता हुन। उनी गत वर्षको मंसिर २५ गते अध्यक्ष पदमा नियुक्त भएकी थिइन्।