काठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पाटी राप्रपाका अन्धभक्त नेपालका चर्चित अभिनेता रविन्द्र खड्काले राप्रपा परित्याग गरेका छन्। राप्रपालाई त्याग गरेर नेकपा एमालेलाई समर्थन गर्ने घोषणा गरेका छन्। नेकपा एमालेलाई मंसीर २१ गते हुन गैरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा सहयोग गर्ने घोषणा गरेका छन्।
काभ्रेमा आयोजित पार्टी परित्याग घोषणा कार्यक्रममा अभिनेता खड्काले उक्त कुरा बताएका हुन्। अभिनेता खड्काले काभ्रे क्षेत्र नंबर मा राप्रपावाट प्रतिनिधिसभासदको निर्वाचनमा प्रत्यक्षमा सर्वसम्मत सिफारिस भएतापनि नेपाली कांग्रेससंगको तालमेलमा काभ्रेमा राप्रपालाई एक सिट पनि नदिएकोको आक्रोशमा अभिनेता खड्काले पाटी परित्याग गरेको खुलासा भएको हो।