–मोहन गजुरेल
नेपाल र विदेश मा रहेका तमाम सेफ तथा प्रायपर्यटन खानाका पारखिहरू माझ जोडियको एउटा शव्द ग्यास्ट्रोनोमी छ। विभिन्न विषयको अध्ययन गर्ने शास्त्रहरू छन्।

त्यसमा पनि पाककला र त्यसको संस्कृति र आचरणसंग जोडिका धेरै विषयवस्तु छन। ग्यास्ट्रोनोमीको नेपाली रूपान्तरण र त्यसको ठ्याक्कै शाब्दिक अर्थ नभएतापनि खाना र संस्कृतिसंग जोडिएको सम्पूर्ण पक्षनै ग्यास्ट्रोनोमी हो भन्ने केही तर्क विभिन्न माध्यमबाट देख्न पाइन्छ।

एउटा मानव शरीरको संरचनाको अध्ययन गर्न एनाटोमी जति अर्थ राख्छ र यसको जुन भेग छ ग्यास्ट्रोनोमीले पनि त्यस्तै अर्थ राख्ने गरिन्छ। हामी पूर्विय संस्कृतिमा जोडिएका मानव संस्कृतिका अनुपम उदाहरण हौं। हाम्रो आफ्नै किसिमको खानपान,रितिरिवाज र रहनसहन छन्।

हाम्रो घरमा आउने पाहुनालाई हामी अतिथि देवोः भवः भनेर मान्छौ। जसलाई भगवानको रूपमा आस्थिकहरूले लिने गरेका छन्। त्यसमा पनि ज्वाईं –सत्कार,ज्वाइँ मेजमानी ,ज्वाईं–मोज जस्तो शव्द सुन्छौं। चौरासी व्यन्जन र मिठो खाना अनि मनोरञ्जन यी सवैले गर्दा नै ज्वाईं खुशी हुने भाव रहेको छ।

पछि गएर पाहुनालाई खुशी पार्ने र आफ्नो सत्कार, इज्जतसंग जोडिन पुग्यो। समय वित्दै जांदा बास वस्ने ,होटल–रिसोर्टको विकाससंगै सशक्त हुँदै गयो। र होम–स्टे अर्थात घरवाससंग जोडियो। अवका पाहुनाहरू होमस्टे मार्फत खानपान,कला,संस्कृति र रितिरिवाजसंग जोडिन पुग्यो।

नेपालमा सरकारको पछिल्लो तथ्यांक अनुसार १२८ जात–जाति छन्। उनीहरुको आ–आफ्नो किसिमको खानपान र संस्कृति छन्। अझै भन्ने हो भने, चाडवाडै पिच्छेको खाना,समय–मास परिवर्तनसंगैको खाना र संस्कार जोडिएका छन्। जस्तै नेवारको योमरि पूर्णिमामा योमरि वनाउने, थारूको चाडवाड अनुसारको फरकफरक ढिक्रि वनाउने तथा अन्य जातमा पनि खिचडि,घ्युचाकु,जौको सातु,तरूल,क्वांटी लगायत खाना वनाएर चाडवाड मान्ने चलन छ। यो त प्रतिनिधि उदाहरण मात्र हो।

त्यस्तै, चाड अनुसारको खाना र नाचगान उखान तुक्का,खैजेडी भजन जस्ता धेरै कार्यक्रमको साथमा खाना पनि हुन्छ। यो सवै ग्यास्ट्रोनोमीको उदाहरण मात्र हो। पाहुनालाई राख्ने,वस्ने ठाउँको सेवा,खाने सेवा,मनोरञ्जनको सेवा यावत कुराहरू यसमा छन्।
यति मात्रले पुग्दैन। नेपालमा नेपाली खाना–संस्कृतिको वारेमा धेरै–थोरै कति व्यक्ति तथा संचार क्षेत्रका यस विषयमा दख्खल राख्ने व्यक्ति होस या त्यही समुदायका व्यक्तिले केही सामाजिक संजाल तथा पत्रपत्रिकामा उल्लेख गरेका छन।

नेपालमा खाना पकाउने हामी भान्से मात्र एउटा दिवार भित्रको किचेनमा मात्रै खुम्चेर वस्यौं। केही सेफले धेरै–थोरै भएपनि अध्ययन गरे पछिल्लो समयमा। तर, विदेशीले गरेको जस्तो खानाको र संस्कृतिको जति चाहिने हो? त्यतिमात्रामा खोज,अध्ययन–अनुसन्धान भएको पाइदैन।

र अहिले नेपाली सेफले पनि ग्यास्ट्रोनोमिमा चासो राख्दै सेफ प्रेमलाल घिसिङले १०१ दिनको लामो रैथाने खानाको अध्ययन गर्नु यसको ज्वलन्त उदाहरण हो भने ग्लोवल नेपालिज सेफ फेडेरेसनले आम नेपाली सेफ र यससंग सरोकारा राख्नेहरू संगको सहकार्य गर्दै विभिन्न कार्यक्रम गरेको पाईन्छ।

जसमा सुदुरपश्चिम जिल्लाको धनगढीमा १००० (एक हजार ) लिटरको फांडो वनाउनु, इलाम जिल्लाको श्रीअन्तुमा नेपाली खाना र संस्कृतिको महोत्सव गर्नु, गुरूङहरूको तमु ल्होसारमा सहभागी भई पुरस्कार मार्फत प्रतिस्पर्धा गराउनुमा पनि यसले भूमिका खेलेको छ।

अब अन्तमा भन्नू पर्दा विश्वासका धेरै मानिसहरू फुड ट्राभलर भएर अध्ययनमा लागेका छन्।जसले गर्दा ग्यास्ट्रोनोमीलाई अगाडि वढाउन जोड दिएको छ। योङ सेफ महेशराज ढकालले नेपाली खाना र कलासंस्कृतिलाई अगाडि वढाउन अन्तरराष्ट्रिय संस्था वेष्ट अफ ग्यास्ट्रोनोमीसंग समन्वय गर्दै नेपालका विभिन्न संघसंस्था र सरोकारहरूसंगको साथ लिएर अगाडि बढाइरहेका छन्।

तर, कतिलाई भ्रम पनि भएको छ। मास्टर सेफ र ग्यास्ट्रोनोमीलाई एकै ठाउँमा राखेको पाइएको छ। वेष्ट अफ ग्यास्ट्रोनोमी एउटा संस्था हो। जसले माथि उल्खित विषयमा अध्ययन गर्ने व्यक्तिलाई समेट्छ भने मास्टर सेफ कुनैपनि व्यक्तिले सम्वन्धि व्यवसायमा तोकिएको मापदण्ड पूरागरि परिक्षण पद्धतिवाट पाईने उपाधि हो। न कि यो डलरले किन्न पाईन्छ। यदि पाईन्छ भन्ने हो भने यो भ्रम मात्र हो।

तर, ग्यास्ट्रोनोमीमा भने संस्था संचालन र प्रशासन खर्च भने सदस्यको अनुभवको आधारमा तह छुट्यार शुल्क निर्धारण गरिएको हुन्छ। स्मरण रहोस्–धेरै जस्तो संघसंस्था संचालन सदस्यकै शुल्कवाट चल्ने भएकोले निश्चित शुल्क तोकिएको हुन्छ। वुझाई गलत नहोस्–जय भान्से जय रैथाने !


प्रकाशन मिति–२०७७ साल असार ८ गते सोमवार ।