ललितपुर । लियो क्लब अफ काठमाडौं कोहिनुर र जापान स्थित पुस्तकालय ए.पि.यु. संस्थाले तनहुँ जिल्लाको रिसिङ्ग स्थित श्री शिव सरस्वति माध्यमिक विद्यालयको पुस्तकालयलाई पुस्तक तथा पुस्तकालयका लागि आवश्यक सामाग्री प्रदान गरिएको छ। द बुक क्लब नामक एक युवा ग्रुपसँग मिलेर पुस्तकालयलाई सहयोग गर्ने कार्य भएको हो।
“Building Nations Through Building Libraries” नामक कार्यक्रम अन्तर्गत गत फेब्रुअरीमा स्थापित गरिएको पुस्तकालयलाई द लियो क्लब अफ काठमाडौं कोहिनुर र पुस्तकालय ए.पि.यु. ले यस पटक “Learner’s Room: A Path to Wisdom” नामक परियोजना अन्तरगत सो पुस्तकालयलाई पुस्तकहरु र पुस्तकालय सामाग्रीहरु हस्तान्तरण गरेको हो।
पुस्तकालय ए.पि.यु.का सह–संस्थापक रासी महर्जन र लियो क्लब अफ काठमाडौं कोहिनुरका अध्यक्ष लियो अभिनव जोशीको नेतृत्वमा गएको टोलीले पुस ५ देखि ८ सम्म तनहुँ गई यस पाली विभिन्न कार्यक्रम मार्फत पुस्तकालय सुधार, जनचेतना जगाउने र विद्यालयका केही छात्र–छात्राहरुलाई छात्रवृत्ति प्रदान समेत गरेका थिए ।
“Building Nations Through Building Libraries” नामक परियोजना अन्तर्गत यी दुई संस्थाहरु नेपालका विभिन्न विद्यालयमा पुस्तकालय स्थापना तथा विध्यार्थीहरुमा पठन संस्कृतीको विकास गर्न खोजेका छन् ।
महर्जन र लियो जोशी दुबै भन्छन् “तनहुँमा स्थापित गरिएको पुस्तकालय हाम्रो पहिलो पुस्तकालय मात्र हो। हाम्रो संस्थाहरु प्रत्येक वर्ष कमसेकम एक पुस्तकालय नेपालको विभिन्न स्थानमा स्थापित गर्न प्रयास गर्ने छौँ। यसका लागि हामी सबैबाट सहयोगको अनुरोध गर्छौँ।”