–पिया रविन
न हारेर रूनु, न त जीतेरै हाँस्नु
चारदिनको जीन्दगीमा,न त मरेर केहि लानु
रूनेहरू कति पो रून्छन् र !
त्यही चारैदिन त हो
गोडा पाँचै दिनमा
रोएर के पाउनु भन्छन् !
भकारीको धान, भागबन्दा लाउँछन्
बारीको डल्लामा लक्ष्मण रेखा तान्छन् !
धागो त सेतो १ कतिंजेल रहन्छ र
लाउँदा लाउँदै पहेंलै हुन्छन् !
जाने त गए ! दुक्कैले गए !
हुनेले त दुःख पाएँ भन्छन् !
तिर्खाएर पानी त्यसै सुकी जान्छन् !
थलथले माटो चिरचिरा पर्छन !
रोग लागे बरा ! अशक्त भए !
आफन्त जति परपर गए !
चारहात खुट्टा खियाई जोडे है सम्पत्ति !
आजको दिन मर्ने नै भए ! खै कहाँ छ ओखती ! (अस्टिन,टेक्सास,अमेरिका।)