–विष्णु पुरुष
काठमाडौं। कोरोनाको कहरमा विश्व अर्थतन्त्र आघात भैरहेको छ। यो क्रममा नेपालको अर्थतन्त्रमा कस्तो असर पर्दछ भन्ने विषयमा उठाएको जिज्ञासा र निराकरणलाई यसरी विश्लेष्ण गर्न जरुरी छ।

दैनिक ज्यालादारी गरेर खाने मजदुरको आय शक्तिमा परेको असर देखि मध्यम वर्गिय उद्योग– कलकारखाना, सपिङ कम्लेक्स, डिपामेन्ट स्टोर यातायात लगायत मजदुरहरुको आय शक्ति अत्यन्त क्षीण भएको अवस्था रहेको छ। यस अवस्थामा सवैको परिवार तथा समाजलाई पर्ने असरको बारेमा बुझ्न जरुरी छ।

यसैगरी उद्योगी–व्यापारीहरुमा पर्न गएको असरले प्रत्यक्ष तथा अप्रत्यक्ष व्यापक प्रभाव पर्न गएको छ। यसको वारेमा न्युनिकरणको उपायको विषयमा सरकार कडाईका साथ लाग्न अत्यन्त जरुरी भैसकेको छ। राष्ट्रिय अर्थतन्त्रमा सरकारी विकास वजेट खर्चवाट हुन सक्ने तरलताको असर र दैनिक भन्सार आएको आएको भ्याट तथा स्थानिय निकायले आर्जन गर्ने अन्य कर लगायत खाका तयार गर्न जरुरी देखिन्छ।

दैनिक औसत प्रतिव्यक्ति नेपालीको टाउको माथि ऋण वृद्घि भई कति पुग्न सक्नेछ भन्ने विषयलाई नेपाल राष्ट्र बैंकले तुरुन्त दातृ राष्ट्र तथा एसियन विकाश बैंक, विश्व बैंकसंग परामर्श गरी राष्ट्रिय अर्थतन्त्रलाई सुदृणिकरण गर्नु पर्ने भूमिका निर्वाह गर्नु जरुरी भैसकेको छ। त्यसैगरी उद्योगी– व्यवसायीहरुलाई कर्जा रकममा लागेको बैंक व्याज, भ्याट, आयकर तथा अन्य सेवा सुविधा कसरी दिने र बचाउने भन्ने विषयमा गम्भिर ध्यान जान जरुरी देखिन्छ।

बैंकलाई औसत खर्च हेरी दिने अनुदानमा मुल्याङ्कन गरी बैंकर्स एसोसियसन र राष्ट्र बैंक विच समन्वय गरी समस्या समाधानमा लाग्नु पर्ने देखिन्छ। यसको ठुलो असर घर–जग्गा धितो राखी लिएको ऋण तिर्न नसकेर बैंकहरुले प्रक्रियामा गई अचल सम्पति बैंकले आफ्नो नाममा गरेमा र उद्योगी व्यवसायी धरासयी भएमा आर्थिक संकट उत्पन्न भई बेरोजगार संख्या बढ्ने संभावना निक्कै रहेको छ।

अर्कोतर्फ र असफल अर्थतन्त्र भएको राष्ट्रको पहिलो नंबरमा नेपाल नआउला भन्न सकिन्न। त्यसैले सबै निकाय तह- तप्काकामा रहेको संघ संघठनहरुको ध्यान आकृष्ट गरी समयमा नै रोजगारीमा बृद्धि गरेर राष्ट्रलाई आर्थिक संकट पर्नबाट जोगाउन सकिन्छ।


प्रकाशन मिति–२०७७ साल बैशाख २७ गते शनिवार ।