काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई ८ सय १८ मतले हराउदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन्।
नेता सिंह १० हजार ९ सय ३६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मिश्रले १० हजार १ सय १८ मत पाए। तेस्रो नम्बरमा रहेका वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने पाँच हजार ३ सय ३६ मत मात्र पाएका छन् । विजय लगत्तै प्रकाशमानले सबै मतदातालाई धन्यवाद दिएका छन्। उता रवीन्द्र मिश्रले समेत विज्ञप्ति सार्वजनिक गर्दै हार स्वीकार गरेका छन्।
झिनो मतको मतान्तरले प्रकाशमान सिंह जित्नु नै काठमाडौको शान बनेको छ। बीर गणेशमान सिंहको त्याग तथा तपस्याको प्रतिक भएको छ। झिनो नै मत भएतापनि काठमाडौ क्षेत्र नंबर १ का जनताहरुले प्रकाशमान सिंहलाई फेरि एकपल्ट जिताएर नेपाली कांग्रेसको गुम्न लागेको साखलाई जोगाइदिएको छ।
यसअर्थमा नेपाली कांग्रेस काठमाडौ क्षेत्र नंबर १ का स्थानीय जनताप्रति आभारी तथा सदा ऋणी बन्ने पर्दछ।
प्रकाशन मिति–२०७४ साल मंसीर २३ गते शनिवार ।