काठमाडौ। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति काठमाडौव्दारा आयोजित कार्यक्रममा काठमाडौका युवा उद्यमी तथा युवा प्रतिभाहरु पुरस्कृत बनेका छन्। जिल्ला युवा समिति काठमाडौले काठमाडौ जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको हो।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलको प्रमुख आतिथ्यता तथा जिल्ला युवा समिति काठमाडौका अध्यक्ष निरेशलाल सिंहको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा पुरस्कृत प्रतिभाहरुले विभिन्न उत्कृष्ट प्रस्तुति पनि प्रस्तुत गरेका थिए।

जिल्ला युवा समिति काठमाडौकी प्रमुख कमला ज्ञवालीले संचालन गरेको कार्यक्रममा युवाहरूमा एरोपोनिक्स प्रविधिको विकास गर्ने प्रणेता नयाँ बानेश्वरका विप्लव सिंह, लोपोन्मुख सीप संरक्षण तथा युवा व्यवसायी सुरेश बस्याल (सम्पूर्ण जुत्ता उद्योग), गिनिज वल्र्ड रेकर्डर सुवास पन्त, विज्ञान प्रविधि प्रयोगशालातर्फ दृष्टिविहीन आर्य निरौला, वेमौसमी तरकारी खेतीतर्फ अरविन्दु सुवेदी र समेश श्रेष्ठ (आरम्भ एग्रो प्रा.लि.थानकोट) पुरस्कृत बनेका छन्।

कार्यक्रममा पंचायतकालिन समाज कल्याण मन्त्री सुश्री भद्रकुमारी घलेलाई विशेष सम्मान प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७५ साल असार १० गते आइतवार ।