काठमाडौं। सरकारको दुरदर्शी नियम तथा पूर्वाधार विना लकडाउन पछिको उद्योग संचालन उद्योग व्यवसायीलाई “कागलाई बेल पाक्यो हर्ष न विस्मात” भएको छ।
उद्योग, व्यापार र व्यवसाय भनेको एक रथका दुई पांग्रा हुन। उद्योग खोल्नु भनेको उद्योग सम्बद सबै आपूर्ति गर्ने व्यापार व्यवसाय खोल्नु, कच्चा पदार्थ ढुवानीकर्ता–आपूर्तिकर्ता आयात निर्यात सहजीकरण हुनु र त्यस सम्वन्धित कार्यालय खुल्नु पर्दछ।
उत्पादन गरेपछि विकी गर्नको लागि बजार खोल्नुपर्यो। बजार नखोलिकन उद्योग कलकारखाना मात्र खोलेर पनि हुदैन। कतिपय यस्ता पकृतिका वस्तु हुन्छन्–जुन उत्पादन भएलगतै वजारमा पुर्याउनु पर्ने हुन्छ।
सरकारले अहिले खोलेका उद्योगहरु र अव खोल्न बॉकी उद्योगहरु एक आपसमा जोडिएका छन्। जसरी आकस्मिक रुपमा विश्व वजार ठप्प हुन पुग्यो । त्यस्तैगरी अव खोल्दा लिखित रुपमा पानामा वा मौखिक रुपमा वोलीमा खुलेपनि पूर्णरुपमा संचालनमा आउन तीन देखि छ महिना लाग्ने अनुमान गर्न सकिन्छ।
उद्योग–कलकारखाना खोल्नका लागि सरकारले आर्थिक दायरा र कानुनी संरचनाको पूर्वाधार मजवुत पार्नु पर्दछ। जसको लागि सरकारले व्यापक गृहकार्य गर्नु पर्ने हुन्छ।
तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात नभई हाम्रो देशमा खुलेका उद्योगहरु पानी बिनाको माछा जस्तै हुनेछ। त्यसैले संभब भएको मुलुकबाट कच्चा पदार्थ आयतको निम्ति सहकार्य गरि कच्चा पदार्थ आयातमा गर्ने तर्फ ध्यान दिनु जरुरी देखिन्छ।
पहिलो पटक चीनको बुहान शहरबाट कोभिड–१९ देखापरेपछि त्यहॉंको सरकारले लकडाउन गर्दा नेपालमा रहेको मौज्दात कच्चा पदार्थ चीनवाट आयत भएका तीन महिनाको अन्तरालमा खपत भैसकेको थियो। जसवाट बजारमा कच्चा पदार्थको अभाव देखापरिसकेको महसुस गरिएको थियो।
भारत बाट आयातित कच्चा पदार्थले आंशिक रुपमा उद्योग ब्यापार ब्यबसाय चलेको थियो। अहिले कच्चा पदार्थ आयात नभई उद्योग खुलेपनि कोमामा बसेको बिरामी जस्तै उद्योगलाई कुरेर बस्नु पर्ने अबस्था सिर्जना हुने देखिन्छ।
त्यसैले यस विषयमा सम्बन्धित निकायले बिशेष रुपमा सावाधानिपूर्वक सहजिकरण गर्ने कानूनी नीति तथा पूर्वाधार तयार नगर्ने हो भने बेरोजगारीको संख्या बढ्ने र भएको उद्योग ब्याबसाय धरासायी हुन गई अर्थतन्त्रमा दीर्घकालिन असर पर्ने देखिन्छ।