काठमाडौ। सुदुरपश्चिम नेपालको ७ नंबर प्रदेश कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ।
शुक्रबार दिउँसोको प्रदर्शनमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले राति ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू लगाएको हो।
प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सूचना जारी गरी कर्फ्यूको समयमा बाहिर ननिस्कन आग्रह गरेका छन्। निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनले उग्र रुप लिएपछि कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ।
आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिको क्षति हुन सक्ने र शान्ति भंग हुन सक्ने हुनाले कर्फ्यं लगाइएको प्रशासनले जनाएको छ। प्रकाशन मिति–२०७५ साल भदौ ८ गते शुक्रबार ।