काठमाडौं। भोलि विहीवारवाट हुने एसएलसी अर्थात एसइई परीक्षा रोकिएको छ। सरकारले अन्तिम घडीमा आएर एसइई परीक्षा रोक्ने निर्णय गरेको हो।

सरकारले व्यापक दबाबपछि एसईई परीक्षा स्थगित गरेको खुलासा भएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको पनि जनाइएको छ।

विद्यार्थीहरुलाई कोरोनाको जोखिमबाट जोगाउने उद्देश्यले अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको हो। यस वर्ष दुई लाख ३९ हजार ९१ छात्र र दुई लाख ४३ हजार ६१६ जना छात्रा गरी चार लाख ८२ हजार २१९ विद्यार्थीले परीक्षाको तयारी गरेका थिए।
प्रकाशन मिति–२०७६ साल चैत्र ७ गते बुधवार ।