Bagdad-Blastकाठमाडौं । इराकको राजधानी बगदादमा भयानक विष्फोट गराइएको छ। विष्फोटमा ७९ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी घाइते भएका छन्। मारिनेका अधिकांश वालवालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीले जनाएको छ।

उक्त विष्फोटको जिम्मा आइएसआइएस लडाकू समूहले लिएको छ। एक अनलाइन बक्तव्य जारी गर्दै इस्लामिक स्टेटले व्यस्त बजारको बीचमा गराइएको बिष्फोटको जिम्मा लिएको हो।

यसको स्वतन्त्र पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। यो बर्ष राजधानी शहर बग्दादमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।
प्रकाशन मिति–२०७३ साल असार १९ गते आइतवार ।