ललितपुर । पेजथ्री पाक्षिक पत्रिकाको प्रस्तुतिमा नेपालभाषाको सर्टमूभि इन्द्रायणी तयार भएको छ। पेजथ्री पाक्षिक पत्रिकाका सम्पादक तथा प्रकाशक दर्शनवीर शाक्यको निर्देशनमा इन्द्रायणीको निर्माण भएको हो। इन्द्रायणीको युट्युब च्यानल मार्फत विश्वव्यापी रिलिज गर्ने कार्य पनि भएको छ।

यसै अवसरमा यस चलचित्रका कलाकार तथा प्राविधिकहरुको शनिवार चापागाउंमा सम्मान गरिएको छ। गोदावरी नगरपालिकाको सहयोगमा सम्मान कार्यक्रम भएको हो।

‘इन्द्रायणी’ सर्टमूभीका निर्माता नरेशवीर शाक्यको सभापतित्वय्मा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यता तथा वरिष्ठ गायक जगमोहन वामिको विशेष आतिथ्यतामा सम्मान कार्यक्रम भएको थियो।

कार्यक्रममा नेवाः इंग्लिस स्कुलका प्रिन्सिपल एवं सोही सर्टमूभीका कलाकार नविन थेच्वमिद्वारा थेच्व नेवाः स्कुलका विद्यार्थिका साथै स्थानीय कलाकारहरुको अभिनयले सर्टमूभी जीवन्त भएको स्वागत भाषणका क्रममा बताएका थिए। नेपालभाषा चलचित्रका प्रथम चलचित्र पत्रकार बिजयरत्न असंबरेले इन्द्रायणी सर्टमूभिको समिक्षा गरेका थिए।

प्रकाशन मिति–२०७६ साल फागुन १९ गते सोमवार ।