काठमाडौं। अव बैदेशिक रोजगारमा जाने सवैले अनिवार्य रुपमा नेपालमा बैंक खाता खोलेर मात्र जान पाइने भएको छ। बैंक खाता नखोलिकन बैदेशिक रोजगारमा जान नपाइने नियम कडा बनाएको छ।
वैदेशिक रोजगार विभागले सोमबारदेखि परीक्षणको रुपमा विदेश जाने नेपाली कामदारलाई बैंक खाता सुरु गरेको छ। वैदेशिक रोजगारमा रहेको नपालीहरूले कमाएर रेमिट्यान्स हुण्डीका रूपमा कारोबार हुने प्रवृत्तिलाई पूर्ण रूपमा बैंक खाता अनिवार्य गर्ने तयारी गरेको हो।
विभागले चाडै नै यसलाई अनिवार्य गर्न लागेको छ। खाता अनिवार्य गरिएपछि नेपाली कामदारलले बैंकमार्फत कमाएको पैसा पठाउनुपर्छ। नेपाली कामदारले कमाएको पैसा बैंक खातामार्फत् नल्याएको खुलेमा उसलाई अर्कोपटक श्रम स्वीकृति नदिइने विभागले जनाएको छ।
विभागका अनुसार, अब श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने छ। विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा समेत बैंक खातासहितको विवरण अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ। विभागले बैंक खाता नबुझाउने कामदारले श्रम स्वीकृति नपाउने जनाएको छ।
प्रकाशन मिति–२०७६ साल भदौ १६ गते सोमवार ।