काठमाडौ। नेपालमा भीषण बर्षाले काठमाडौ उपत्यका पनि अछुतो हुन सकेको छैन्। काठमाडौ उपत्यकाका विभिन्न बस्ती डुवानमा परेको छ। उपत्यकाको भक्तपुर र ललितपुरको सीमाना भएर बग्ने गोदावरी खोलामा आएको बाढीले यहाँको बस्ती डुबानमा परेको छ।
वर्षाका कारण बालकोट हाइट, हनुमन्ते खोलामा आएको बाढीले यहाँ आसपासका घर टहरा डुबाउनुका साथै धान र मकै खेती नष्ट भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं ५ र ७ मा पर्ने टीकाथली र चाँगाथली जोड्ने गोदावरी खोलाको सवारी चल्ने फलामे पुल भासिदा यातायात सेवासमेत ठप्प भएको छ।
फलामे पुल भासिएपछि पुलबाट चारपांग्रे सवारी साधनलाई आवतजावत गर्न रोक लगाइएको छ । बाढीका कारण पुलको पश्चिमतर्फको केही भाग भासिएको थियो । बाढीले गोदावरी खोलाको दायाँबायाँतर्फका ५० मिटरसम्म बनेका घर टहरामा पाँच फिटसम्म पानी छिरेको छ।
प्रकाशन मिति–२०७४ साल साउन २९ गते आइतबार ।