काठमाडौ। नेपालमा कस्मेटिक सामाग्रीको उपभोक्ताहरुको व्यापक बृद्धि भएको छ। सुन्दरताका लागि आवश्यक कस्मेटिक सामाग्रीको आयात मात्र आब.२०७३–०७४ मा अरबौको भएको खुलासा भएको छ।

व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रको तथ्याङमा कुल ८ अर्ब ३ करोड ३४ लाख ९६ हजार ६ सय ६२ रुपैयाको कस्मेटिक सामानको आयात भएको देखिएको छ। आव.२०७४–०७५ को आँकडा आउन बाँकी छ। आउन बाँकी आँकडा पनि डब्बल हुने अनुमान गरिएको छ।

केन्द्रका अनुसार कस्मेटिक वस्तुको आयात निरन्तर बढ्दै गएको छ । यसअघिका आर्थिक वर्ष २०७२–०७३ मा कस्मेटिकको कुल आयात ७ अर्ब ३५ करोड २२ लाख ६ हजार ३ सय ५२ रुपैयाँको भएको थियो।

त्यस्तै आर्थिक वर्ष २०७१–०७२मा कुल ७ अर्ब २५ करोड ९६ लाख ३३ हजार १ सय ९५ रुपैयाँको कस्मेटिक आयात भएको तथ्याङ्कले देखाएको छ।

आर्थिक वर्ष २०७०–०७१मा ६ अर्ब ९३ करोड ७२ लाख ९२ हजार २६ रुपैयाँको कस्मेटिक आयात भएको केन्द्रका तथ्याङ्कमा उल्लेख गरिएको छ।


प्रकाशन मिति–२०७५ साल साउन ६ गते आइतवार ।