काठमाडौ। अमेरिकामा एक अमेरिकी मोडलले भ्रमण खर्चको लागि आफ्नो कुमारीत्व २९ लाख अमेरिकी डलरमा बेचेको खुलासा गरेकी छन्। १९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलरमा आफ्नो कुमारीत्व बेचेको र उक्त रकम आफ्नो भ्रमण खर्चमा प्रयोग गर्नै बताउँदै ‘सपना पूरा भएको बताएकी छन्।
एक अन्तर्राष्ट्रिय जर्मनको कंपनी ‘सिन्ड्रेला एस्र्कोट मार्फत उनले आफ्नो कुमारीत्व २५ लाख यूरो (२९ लाख अमेरिकी डलर)मा बेचेकी हुन् । अन्तर्राष्ट्रिय सन्चारमाध्यम ‘द मिरर’का अनुसार ती युवतीको कुमारीत्व लिलामीमा अबूधाबिका एक ब्यापारीले ४ लाख अमेरिकी डलर प्रस्ताव गरेका थिए । तर, एकजना हलिउड कलाकार र अर्का रुसी नेताले त्योभन्दा बढी रकम तिर्न तयार भएका थिए।
आफ्नो कुमारीत्व लिलाम भएपछि गिसेलाले भनेकी छन्, ‘मेरो विचारमा कुमारीत्व लिलाम गर्ने चलन स्वतन्त्र उपाय हो । यो समाजिक र आर्थिक स्वतन्त्रताको उपयोग पनि हो ।’ उनले कुमारीत्व लिलाम गर्ने अवसरको विरोध गर्ने मानिसहरुदेखि झट्का लाग्ने गरेको बताइन् । गिसेला भन्छिन्, ‘म पहिलोपटक कुनै ब्यक्तिसँग जान चाहान्छु जुन मेरो पहिलो प्रेम होइन, त्यो मेरो निर्णय हो ।’
अर्को सन्चारमाध्यम ‘स्पुतनिक’का अनुसार उनले आफ्नो कुमारीत्वको यति धेरै रकम आउँछ भन्ने कुरा सोचेकी थिइनन्। उनले सार्वजनिक गरेको भिडियो दृष्यमा कुमारीत्व लिलाम गर्ने विचार आफ्नो नीजि भएको बताएकी छन्।
उनले सुरक्षित र खरिद गर्ने ब्यक्तिले रकम तिर्ने आधारको लागि जर्मन सिन्ड्रेला एस्र्कोट कम्पनी मार्फत लिलाम गरेको बताएकी छन् ।
उक्त कंपनीले खरिदकर्ताको गोपनियता र ती युवतीको सुरक्षाको लागि मिटिङमा हतियारसहित सुरक्षाकर्मी परिचालन हुने उल्लेख गरेको छ । उक्त कम्पनिले यसैवर्षको सुरुवाततिर १८ वर्षीया रोमानियन मोडल एलेक्ज्यान्ड्रा खेफ्रेनको कुमारीत्व २३ लाख यूरोमा हङकङका एक व्यापारीलाई लिलामीमा बेचेको जनाएको थियो । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल मंसीर ७ गते विहीवार ।