काठमाडौ। अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसस्थित जंगलमा भीषण आगलागी भएको छ। भीषण आगलागीपछि लस एन्जलसका मेयर एरिक गार्सेट्टीले राज्यमा आपतकालिन अवस्थाको घोषणा गरेका छन्।
लस एन्जलसको ग्लेनडेल र बुरब्याक क्षेत्रका सयौं घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। ला–टुन क्यानयोनबाट सुरु भएको आगलागी पाँच हजार एकड भन्दा बढी क्षेत्रमा फैलिएको छ। आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् ।
यस्तै त्यसक्षेत्रको मुख्य सडक द २१० फ्रिवे बन्द गरिएको छ। आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ। यो आगलागीलाई लस एन्जलसको इतिहासकै सबैभन्दा भीषण मानिएको छ।(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल भाद्र १९ गते सोमवार ।