वासिंटन (अमेरिका) अमेरिकाको वासिंटन स्टेटस्थित और्वनको राष्ट्रिय योजना आयोगको सदस्यमा नेपाली छानिएका छन्। २० वर्षअघि अमेरिका आएका नेपाली मुलका सुनिल खनाल उक्त आयोगमा सदस्यमा छानिएका हुन्।
७५ हजार जनसंख्या रहेको और्वन सिटीका मेयर न्यान्सि बाकुसले गतहप्ता खनाललाई पदभार ग्रहण गराएकी छन्। और्वनमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै स्थानीय रोटरी क्लवमा सहसंयोजक रहेरका खनाललाई अबको दुई वर्ष अर्थात सन् २०१८ अगष्ट ६ देखि २०२० को डिसेम्बर २० सम्मको लागि नियुक्त गरिएको हो।
योजना आयोग सदस्य खनालले स्थानीय अर्बनको विकास निर्माण र योजनाका बारेमा स्थानीय जनताको हितमा काम गर्नुपर्ने छ। अमेरिकामा राजनीति गर्न चाहनेहरुका लागि यो योजना आयोग निकै महत्वपूर्ण मानिन्छ।
अमेरिकामा यस्तो योजना आयोग सदस्यका लागि सुरुमा निवेदन दिएर अन्तरवार्ता पास गर्नुु पर्ने र सो चरण पास गरेपछि स्थानीय जनतासँग विभिन्न चरणमा सार्वजनिक सुनुवाई पास भएपछि गरिने सिफारिसलाई आधार मानेर मेयरले नियुक्ति प्रकृया छ। आयोग सदस्य खनाल सन् १९९८ मा चितवनबाट अमेरिका आएका थिए।