काठमाडौं। सिन्धुपाल्चोक जिल्ला त्रिपुरा गाउँपालिका वडा नं ३ धुस्कुन स्थायी घरठेगाना भएका अपाङ्ता मानवअधिकारकर्मी भोजराज श्रेष्ठलाई नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार बनाएका छन्। आगामी मंसीर ४ गते हुन गैरहेको बागमती प्रदेश सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसले अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठलाई समानुपातिक उम्मेदवारका रुपमा अग्रस्थानमा राखेको हो।
विसं.२०४६–०४७ सालको जनआन्दोलन देखि अग्रमोर्चामा रहेर हरेक आन्दोलनहरुमा होम्मिदैआएका निष्ठावान अपाङ्गता मानवअधिकारकर्मी श्रेष्ठ नेपाली कांग्रेसको धरोहर तथा गौरब अनि शान पनि हुन्। नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो भावना र मर्म समेट्दैआएका श्रेष्ठ पोलियोका कारण ९ महिनाको उमेरमा अपाङ्गता हुन पुगेका थिए। पिता चन्द्रबहादुर श्रेष्ठ र माता चन्द्रकुमारी श्रेष्ठले जति उपचार गराए पनि अपाङ्गता हुनबाट रोक्न सकेनन। ग्रामिण बस्तीमा बिद्यालय घर देखि टाढा भएकोले समयमै पढ्न पाएनन। घरमै स्वअध्ययन गरी श्रीशारदा माबी बाह्रबिसेमा विसं.२०४१ सालमा अध्ययन शुरु गरी विसं.२०४४ मा एसएलसी उतिर्ण गरेका थिए।
श्रेष्ठवाट जुनियर रेडक्रस सर्कलको समेत अध्यक्ष निर्बाचित भएर हाजिरीजवाफ, बादबिबाद लगायत खेलकुदमा विशेष सुधार ल्याउने कार्य भएको थियो । उच्च शिक्षा अध्ययनका लागि शंकरदेव क्याम्पसमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघ संग आबद्ध भएर विसं.२०४६–०४७ को जन आन्दोलनमा तत्कालिन धुस्कुन गाउँ पञ्चायतको भवनमा भाइ तुलसी कुमार श्रेष्ठको सहयोगमा नेपाली कांग्रेसको झण्डा गाड्ने काम गरी पञ्चायतको बिरुद्धमा जनतालाई आन्दोलनमा सहभागी गराएका थिए ।
जन आन्दोलनको सफलता पछि नेपाली कांग्रेसको संगठन निर्माणमा जुटेर माधब भण्डारी, हिराबहादुर श्रेष्ठ, गोबिन्द भण्डारी, नरबहादुर श्रेष्ठ, तिलक थामी, तुलसिकुमार श्रेष्ठ, दलबहादुर पहरी, पहलमान बिश्वकर्मा, ईन्द्रबहादुर भण्डारी,रामकाजी श्रेष्ठ, मंगलमान थामी लगायत संगठित भै नेपाली कांग्रेस गाउँ इकाइ समिति गठन गरि सचिबको रुपमा काम गरेका श्रेष्ठले विसं.२०४७ सालमा क्रियाशिल सदस्य प्राप्त गरे पछि २०४८ देखि हाल सम्म क्षेत्रीय प्रतिनिधि हुने अवसर प्राप्त गरेका थिए। राजाको प्रतिगमन बिरुद्ध रिले अनसन, सडक आन्दोलनमा निरन्तर सहभागी हुँदै २०६२-०६३ मा लोकतन्त्रका लागि अपाङ्गता भएका ब्यक्तिहरुको संघर्ष समितिको केन्द्रीय अध्यक्ष भै दुई दर्जन भन्दा बढी गिरफ्तारीमा परेका थिए।
प्रतिगमन बिरुद्ध अपाङ्गता भएका ब्यक्तिहरुलाई सडक संघर्षमा आउन प्रेरित गर्दै २०६२ को निर्बाचन बहिस्कार गरेका थिए । जन आन्दोलन पश्चात् अपाङ्गता भएका ब्यक्तिहरुको समाबेशीकरण र राजनीतिक अधिकार प्राप्तिका लागि २०६३को अन्तरिम संबिधार र नेपालको संविधान २०७२ मा महत्वपुर्ण भुमिका निर्बाह गरेका श्रेष्ठले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघलाई नेपाली कांग्रेसको भातृ संस्थाको मान्यता दिलाउन नेतृत्वदायी भूमिका खेली संस्थापक अध्यक्षको रुपमा काम गरे ।
दुई पटक महासमिति सदस्य भएर अपाङ्गता भएका ब्यक्तिलाई वडा इकाई देखि केन्द्रीय सदस्य सम्मको व्यवस्था गर्न महत्वपुर्ण पहल गर्न चुकेका थिएन। शान्ति तथा पुनर्निर्माण परामर्श समिती, समाज कल्याण परिषदको सदस्य र प्रधानमन्त्रीको अपाङ्गता डेस्क सल्लाहकार भएर काम गरिसकेका श्रेष्ठले नेपालमा पहिलो स्वीकृत सिन्धु बहिरा बिद्यालय बाह्रबिसे स्थापना गरेका हुन्। अपाङ्गता क्षत्रमा पहिलो पटक बजेट बिनियोजन गरी उदाहरणीय कार्य गरेर अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान गराउने कार्य पनि श्रेष्ठवाट भएको हो।
ऐन कानून नीति नियम बनाउदा अपाङ्गता अभियन्ताको रुपमा सक्रिय सहभागी भएका थिए । विभिन्न सामाजिक संघ संस्थामा रहि अपाङ्गता भएका ब्यक्तिहरुका लागि सामाजिक सुरक्षा भत्ता, सहायक सामाग्री, भौतिक पहुंच, रोजगार, स्वरोजगार, स्कुटरको भन्सार छुट जस्ता काममा प्रत्यक्ष संलग्न भएर कार्य गरेका श्रेष्ठ जनसेवाश्री पांचौ बिभुषणद्वारा सम्मानित बनेका थिए। त्यस्तै, श्रेष्ठले विश्वभरका अपाङ्गता लिडर २०२२ मा दोश्रो स्थान हासिल गर्न सफल भएका थिए।
प्रकाशन मिति–२०७९ साल कात्तिक १९ गते शनिवार ।